Devdaha Tv | राजनीति
जेठ १५ | 2022 May 29
Flash News

पार्टीले नागरिकले दिएका आदेश मान्ने : केपी शर्मा ओली

2 weeks ago
पार्टीले-नागरिकले-दिएका-आदेश-मान्ने-:-केपी-शर्मा-ओली

बैशाख २५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकभन्दा माथि कोही नहुने बताउनु भएको छ । ओलीले आज पत्रकार सम्मेलन गर्दै एमाले राष्ट्रियता र राष्ट्रिय अखण्डताको पहरेदार पार्टी रहेको दाबी गर्नुभएको छ । ओलीले आफ्नो पार्टीले नागरिकले दिएका आदेश मान्ने दाबी गर्नुभयो । राष्ट्रिय एकता कमजोर पार्ने र देशभक्तिलाई होच्याउने कुरा एमालेलाई स्वीकार्य नभएको पनि बताउनुभयो । ओलीले कांग्रेसले लोकतन्त्र, संसदीय मूल्य मान्यता र राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गरेको टिप्पणी गर्दै आफ्नो सरकारका सामु ताजा जनादेशका लागि जनतामा जाने बाहेक विकल्प नरहेको जिकीर गर्नुभयो । नेकपा एमालेले शुरु गरेका काम पूरा भए मात्रै देशमा समृद्धि आउने भन्दै उहाँले त्यसका लागि स्थानीय तहमा पनि एमालेकै सरकार आवश्यक हुने पनि बताउनुभयो