Devdaha Tv | स्थानीय/निर्वाचन विशेष
जेठ १५ | 2022 May 29
Flash News

अध्यक्षका उम्मेदवार थापाद्धारा एमालेका उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता

2 weeks ago
अध्यक्षका-उम्मेदवार-थापाद्धारा-एमालेका-उम्मेदवारलाई-समर्थन-गर्दै-उम्मेदवारी-फिर्ता

बैशाख २५ । रुपन्देहीको देवदह स्वतन्त्र वडा अध्यक्षका उम्मेदवार पदमबहादुर थापाले एमालेका उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनु भएको छ । नेकपा एमालेका नेता समेत रहनु भएका थापाले आफ्नो कारणले पार्टीले हार्नु हुदैन भन्ने मान्यताका साथ स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको बताउनभयो । थापाले पार्टी भित्र रहेका असहमतिहरु पार्टीमा नै छलफल गरेर निकास निकाल्ने गरी अहिलेलाई उम्मेदवारी फिर्ता लिएको जानकारी दिनुभयो । थापा नेकपा एमालेका तर्फबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा देवदह–७, को वडाअध्यक्षमा निर्वाचित हुनु भएको थियो । स्थानीय तह निर्वाचनको लागि पार्टीले टिकट नदिएपछि असन्तुष्टि जनाउदै थापाले वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको थियो । थापाले एक विज्ञप्ती प्रकाशित गरी आफु हिजो पनि एमालेको पक्षमा अहिले पनि एमालेको पक्षमा रहेको जनाउदै पार्टीको जितको लागि आफु निरन्तर लाग्ने प्रतिवद्धता समेत जनाउनुभएको छ ।