Devdaha Tv | खेलकुद
आश्विन १८ | 2022 Oct 04
Flash News

जिम्बाब्बे विरुद्धको एकदिवसीय सिरीजको अन्तिम खेलमा नेपालको जित

4 months ago
जिम्बाब्बे-विरुद्धको-एकदिवसीय-सिरीजको-अन्तिम-खेलमा-नेपालको-जित

बैशाख २६ । जिम्बाब्बे ए विरुद्धको एकदिवसीय सिरीजमा नेपालले जित निकालेको छ । सोमबार त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले ६ विकेटको जित निकालेको हो । टस हारेर ब्याटिङ्को निम्तो पाएको जिम्बाब्बे ए ले निर्धारित ३३ ओभरमा २१३ रन बनाएको थियो । जिम्बावेका लागि टाडीवानाशे मारुमानीले ५० रनको योगदान गरे । यस्तै, कुड्जाई मौन्जेले ३९ रन जोड्दा रोय कियाले ३६ रन बनाए । कप्तान टोनी मुन्योगाले २४ रन, सेफासले १६ रन, इनोसेन्ट कियाले १२ रन र लुक जोग्वीले १९ रन बनाए । 

२ सय १४ रनको लक्ष्य पाएको नेपालले ३० ओभर १ बलमा ४ विकेट गुमाउदै लक्ष्य पूरा गर्याे । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले नटआउट ४३ बलमा ६० रन जोडे ,त्यस्तै विनोद भण्डारीले पनि २६ बलमा नटआउट २८ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले ८४ रन, आशिफ शेखले २९, धमलाले ६ रन बनाए ।  नेपालका किशोर महतोले ५ विकेट लिए भने कप्तान सोमपाल कामीले २ तथा करण केसी र दिपेन्द्र सिंह ऐरीले १÷ १ विकेट लिए । नेपालका करण केसी प्लेयर अफ द सिरीज भएका छन् भने किशोर महत्तो म्यान अफ द म्याच भएका छन् ।

५० ओभरको खेल हुने भनिएपनि मैदानमा पानी जमेका कारण खेल ढिलो सुरु भएपछि ३३ ओभरको बनाईएको थियो ।