बैशाख २७ । निर्वाचन आयोगले मतदान केन्द्रमा पाल र त्रिपालको व्यवस्था गर्न निर्देशन दिएको छ । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका दिन बर्षाका कारणले मतदान र मतगणना प्रभावित नहुने गरी जोगाउन र निर्वाचन सामाग्रीको सुरक्षाका लागि भन्दै आयोगले प्रमुख निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र सहायक कर्मचारीलाई यस्तो निर्देशन दिएको हो ।
निर्वाचन आयोग ऐन २०७३ को दफा ४० बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहहरुलाई निर्देशन दिने निर्णय गरेको हो । उक्त कुराको आवश्यक समन्वय तथा सहजीकरणका लागि गृह मन्त्रालयद्धारा प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन गर्ने आयोगका प्रवक्ता शालीग्राम शमौ पौडेलले बताउनुभयो ।