Devdaha Tv | अर्थ बजार
जेठ १५ | 2022 May 29
Flash News

घट्दै सुनचाँदीको मूल्य 

2 weeks ago
घट्दै-सुनचाँदीको-मूल्य-

बैशाख २८ । हप्ताको चौथो दिन बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मङ्गलबार प्रतितोला ९८ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य १ हजार रुपैयाँले घटेर प्रतितोला ९७ हजारमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य पनि ९७ हजार ५ सय रुपैयाँबाट घटेर प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भईरकेको महासंघले उल्लेख गरेको छ । 

आज सुनसंगै चाँदीको मूल्य पनि घटेको छ । मङ्गलबार तोलाको १ हजार २ सय ७५ मा कारोबार भएको चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ४५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।