बैशाख २९ । घटिरहेको सुनचाँदीको मूल्य हप्ताको पाँचौ दिन बिहिबार बढेको छ । बुधबार प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य ८०० रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । त्यस्तै महासंघले बुधबार प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य ८०० बढेर ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको जनाएको छ ।
आज सुनसँगै चाँदीको मूल्यका पनि बृद्धि भएको छ । बुधबार प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले बढेर १ हजार २ सय ५० मा का।ोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।