Devdaha Tv | अन्तर्राष्ट्रिय
जेठ १५ | 2022 May 29
Flash News

उत्तर कोरियामा लकडाउन लगाउन आदेश

2 weeks ago
उत्तर-कोरियामा-लकडाउन-लगाउन-आदेश

बैशाख २९ । उत्तर कोरियामा लकडाउन लगाउन आदेश दिएको छ । उत्तर कोरियाले आफ्नो पहिलो आधिकारिक कोभिड संक्रमण पुष्टि भएपछि कडा राष्ट्रिय लकडाउन लगाउन आदेश दिएको हो । राज्य मिडियाले राजधानी प्योङयाङमा ओमिक्रोन प्रकोपको रिपोर्ट गरेको भएपनि  केसहरूको संख्या बताएको छैन । सर्वाेच्च नेता किम जोङ उनले घातक भाइरसलाई विस्तार हुन नदिन सिंगो देशलाई लकडाउनमा राख्न भन्दै कारखानानाहरु, व्यापारिक क्षेत्र, निजी आवासहरुमा अचुक लकडाउन लागू गर्न आदेश दिनुभएकोे छ।

उत्तर कोरियाली समाचार आउटलेटले ओमिक्रोन संस्करणको पहिलो केस चार दिन अघि राजधानीमा पत्ता लागेको जनाएको छ । 

दक्षिण कोरियाको सरकारले प्रकोपको समाचारको प्रतिक्रियामा उत्तरलाई मानवीय सहायताको प्रस्ताव गरेको छ तर प्योङयाङले अझै कुनै प्रतिक्रिया नदिएको बिबिसीले जनाएको छ ।