बैशाख ३० । स्थानीय तह निर्वाचनमा आज दिउँसो २ बजेसम्मको अवधिमा ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
रुपन्देहीमा ७ सय वटा मतदान केन्द्रबाट कुल ६ लाख ३२ हजार ३६० मतदाताले मतदान गर्दैछन् । रुपन्देहीमा ३८ राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीमा निर्वाचनलाई लक्षित गरी रुपन्देहीमा ४ हजार ४ सय सुरक्षाकर्मी परिचालन गरिएका छन् । जसमा २४ सय म्यादी प्रहरी, १४ सय नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरिएका छन् ।
रुपन्देहीको देवदहमा पनि शान्तिपूर्ण रुपमा मतदान कार्य भईरहेको छ । बिहान ७ बजेबाट नै देवदहका मतदानस्थलमा मतदान गर्ने मतदाताको उल्लेख्य उपस्थिती देखिएको छ । मतदान अपराह्न्न ५ बजेसम्म चल्नेछ ।
निर्वाचन आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका र दाङ्को तुल्सिपुर नगरपालिका वडा नं. १७ बाहेकका सबै मतदान केन्द्रमा बिहान७ बजेदेखि छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उल्लासमय वातावरणमा निर्वाचन भईरहेको जनाएको छ ।