बैशाख ३१ । स्थानीय तह निर्वाचनको पहिलोचरण मतदान सकिएपछि देशभर मतगणना भईरहेको छ । रुपन्देहीको देवदहमा पनि मतगणना कार्य भईरहेको छ । १२ बजेसम्म
देवदह नगरपालिका वडा नम्बर २ र ३ को मतगणना सुरु भएको छ भने वडा नम्बर १ को ३०० मत गणना गर्दा काङग्रेसले अग्रता बनाएको छ । मेयरका लागि काङग्रेसले १०९, एमालेले ८८ मतप्राप्त गरेका छन् । उपमेयरतर्फ एमालेले ८६, माओवादी केन्द्रले ८३ मत ल्याएका छन् । वडा अध्यक्षतर्फ एमालेले ५६ र काङ्ग्रेसले ११०मत प्राप्त गरेको छ ।
देवदह नगरपालिकान वडा नम्बर १ को ४०० मत गणना गर्दा मेयरमा एमालेले १११, काङ्ग्रेसले १५० र राप्रपाले ३६ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरमा एमालेले १११ माओवादी केन्द्रले ९८, स्वतन्त्र आँपले ७ मत प्राप्त गरेका छन् । वडा अध्यक्षतर्फ एमालले ७८, काङ्ग्रेसले १४८ र स्वतन्त्र खरायोले ५१मत प्राप्त गरेको छ । वडा नं ५ को भने मतगणना सुरु भएको छैन् । देवदह नगरपालिकामा कुल ४८ हजार २ सय ९१ मतदाता रहेपनि कुल ३६ हजार २० मतदाताले मतदान गरेका थिए ।
मतगणनाको थप विवरण आउन बाँकी छ ।