Devdaha Tv | स्थानीय/निर्वाचन विशेष
जेठ १५ | 2022 May 29
Flash News

धुर्काेट र रुरुक्षेत्र गाउँपालिकामा सर्वदलीय बैठक अझै बस्न सकेन

2 weeks ago
धुर्काेट-र-रुरुक्षेत्र-गाउँपालिकामा-सर्वदलीय-बैठक-अझै-बस्न-सकेन

बैशाख ३१ । गोकर्ण पाण्डे, गुल्मी । गुल्मी जिल्लामा मतगणना भईरहेको छ । गुल्मी जिल्लाको बाँकी १० स्थानीय तहमा मतगणना जारी रहेको जिल्ला निर्वाचन अधिकृत माया कुँवरले बताउनुभएको छ । 
गुल्मी जिल्लाको धुर्काेट र रुरुक्षेत्र गाउँपालिकामा मतगणना साथै सर्वदलीय बैठक पनि बस्न सकेको छैन । 

धुर्काेट गाउँपालिकामा नेपाली कांग्रेसले आफ्नो पार्टीको वडाअध्यक्ष पदका उम्मेदवार माथि कुटपिट भएको भन्दैे विरोध जनाएपछि सर्वदलीय बैठक बस्न नसकेको हो । गाउँपालिकाको वडानम्बर–४ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका गोपाल थापामगर माथि शुक्रवार मतदान सकिएपछि कुटपिट भएको थियो ।