Devdaha Tv | स्थानीय/निर्वाचन विशेष
जेठ १५ | 2022 May 29
Flash News

डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी

2 weeks ago
डोल्पाको-जगदुल्ला-गाउँपालिकामा-माओवादी-केन्द्रका-उम्मेदवार-विजयी

बैशाख ३१ । डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

माओवादी केन्द्रका नारासिंह रोकायले ७७० मत पाएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हेमबहादुर महताराले ७४६ मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकी अमरिता बोहोरा विजयी भएकी छन् । उनले ७५९ मत ल्याइन् भने प्रतिद्वन्द्वी एमालेकी चन्द्रावतिथापाले ७४९ मत पाएकी छन् ।

६ वडा रहेको पालिकामा २ वटा वडामा माओवादी, ३ वटामा एमाले र एउटा वडामा कांग्रेस विजयी भएको छ ।