Devdaha Tv | कला
जेठ १५ | 2022 May 29
Flash News

२५६६ औं बुद्धपूर्णिमाको अवसरमा रूपन्देहीका युवाबौद्ध गीत एवम् म्यूजिक भिडियो

2 weeks ago
२५६६-औं-बुद्धपूर्णिमाको-अवसरमा-रूपन्देहीका-युवाबौद्ध-गीत-एवम्-म्यूजिक-भिडियो

१ वैशाख, लुम्बिनी, रूपन्देही । मुक्ति गैरे । २५६६ औं बुद्धपूर्णिमाको अवसरमा रूपन्देहीका युवाले आधुनिक संगीतसहितको बौद्ध गीत एवम् म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।
भगवान् बुद्धका प्रमुख शिक्षाहरूबाटै मानवमा शान्तिको बास हुनसक्छ भन्ने मूल सन्देश गीतले बोकेको छ । आँफैले खोज्नेले शान्ति पाउँछ, सांसारिक सुख भ्रम हो भन्ने आशयको यो गीत निकै कर्णप्रिय र मन्त्रमुग्ध रहेको छ । युवा वर्ग लक्षित संगीत र बौद्ध चेतनास्तर समेटिएको साधारणतम् प्रस्तुतिको यो गीत निर्माणकर्ताको युट्यूब च्यानल Madhu Manjil मार्फत् रिलिज (सार्वजनिक) गरिएको हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयमा कार्यरत व्यक्तित्व मञ्जिल सुवेदीको शब्द र संगीतमा रहेको गीतमा सुजील कर्माचार्यको संगीत संयोजन रहेको छ भने रचनाकार मञ्जिल सुवेदी र मनिष अधिकारीले आवाज दिनुभएको छ ।

यो भिडियोमा नेपाल सरकारका शाखा अधिकृत मधुसुदन भट्टराईको मुख्य अभिनय रहेको छ । भारतमा २ वर्षसम्म चलचित्र निर्माणसम्बन्धी अनुभव लिएका निर्देशक मृत्युञ्जय गैह्रे (लक्ष्मण) ले गीतको जीवन्तता र भावलाई समेट्नका लागि लुम्बिनीमै विशेष रूपमा भिडियो तयार गरिएको जानकारी दिनुभयो । उहाँले भिडियो फरक प्रकारको बनेको, एकपटक पुरै हेरेपछि शान्तिको आभाष हुने र तनाव कम गर्न पटक पटक रूचिपूर्वक हेर्न मिल्नगरी बनाइएको बताउनुभयो ।
गीतमा चतुरार्यसत्य, आर्यअष्टाङ्गिक मार्ग, चतुर्ब्रह्मविहार, प्रतित्य समुत्पाद, आदि बौद्ध ज्ञानका सूत्रसमेत समेटिएको छ ।

YouTube Link : https://www.youtube.com/watch?v=yGKulOPAjxU