बैशाख ३१ । उत्तर कोरियामा कोभिड १९ प्रकोपका रुपमा फैलन थालेको छ । तीव्र गतिमा फैलिरहेको कोभिड–१९ प्रकोप देशका लागि ठूलो प्रकोप रहेको कोरीयाका नेता किम जोङ उनले बताउनुभएको छ । श्री किम जोङ उनले शनिबार आपतकालीन बैठकमा भाइरसको फैलावटलाई सम्बोधन गर्न सबै लडाईको लागि आह्वान गर्नुभएको छ । शनिबार उत्तर कोरीयाको राज्य मिडियाले हालैका हप्ताहरूमा अज्ञात ज्वरोको आधा मिलियन केसहरू भएको रिपोर्ट गरेको बिबिसीले जनाएको छ । उत्तर कोरीयामा स्थापना भएदेखि नै घातक महामारीको फैलावट ृसबैभन्दा ठूलोे अशान्ति रहेकोे अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । किमले नोकरशाही र चिकित्सा असक्षमतामा संकटको दोष लगाउदै र छिमेकी चीन जस्ता देशहरूको प्रतिक्रियाबाट पाठ सिक्न आवश्यक रहेको बताउनुभयो ।
उत्तर कोरीयाको राज्य मिडियाले अप्रिलदेखि १२ जनाको ज्वरोका कारण मृत्यु भएको जनाएको छ । रिपोर्टहरूले उनीहरूले कोविडको लागि सकारात्मक परीक्षण गरे वा भएन भनेर नबताएपनि राजधानी प्योंगयांगमा एक मृत्यु बाहेक जुन ओमिक्रोन भेरियन्टको केस भएको पुष्टि भएको थियो । किमले अधिकतम आपतकालिन भाइरस नियन्त्रण गर्न आदेश दिनुभएको छ जसमा स्थानीय तालाबन्दीहरू र कार्यस्थलहरूमा प्रतिबन्धहरू जम्मा गर्ने आदेशहरू समावेश रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । दक्षिण कोरियाले बिहीबारको घोषणा पछि मानवीय सहायता प्रदान गरेको बताएको छ, तर प्योङयाङले अझै कुनै प्रतिक्रिया नदिएको बिबिसीले जनाएको छ ।