बैशाख ३१ । हाल देशभर मतगणना भईरहेको छ । साढे ५ बजेसम्म नेपाली काङ्ग्रेसले प्रमुख पदतर्फ १७४ र उपप्रमुख पदतर्फ १३८ स्थानमा अग्रता बनाएको छ । नेकपा एमालेले प्रमुखतर्फ १०७ र उपप्रमुख तर्फ ११० स्थानमा अग्रता बनाएको छ । त्यस्तै नेकपा एमालेले प्रमुख पदमा ६ र उपप्रमुख पदमा ५ स्थानमा जित निकालेको छ भने नेपाली काङ्गे्रसले प्रमुख पदमा ४ र उपप्रमुख पदमा ३ स्थानमा जित निकालेको छ ।
माओवादी केन्द्रले प्रमुख पदमा ७० र उपप्रमुख पदमा ६४ स्थानमा अग्रता बनाएको छ । त्यस्तै माओवादी केन्द्रले प्रमुखमा १ र उपप्रमुखमा २ पद जितेको छ ।
जनता समाजवादी पार्टीले प्रमुखमा ६ र उपप्रमुखमा ७ ठाउँमा अग्रता कायम राखेको छ । लोसपाले प्रमुख र उपप्रमुखमा १÷१ ठाउँमा अग्रता बनाउँन सकेको छ ।
एकीकृत समाजवादीले प्रमुख पदमा ८ र उपप्रमुख पदका लागि ७ ठाउँमा अग्रता बनाएको छ । समाजवादीले प्रमुख पदमा २ र उपप्रमुखमा १ सीट जितेको छ ।