बैशाख ३१ । भरतपुर महानगरपालिकाको मेयर पदमा रेनु दाहालले अग्रता लिनुभएको छ । दाहाल माओवादी केन्द्रकी उम्मेदवार हुनुहुन्छ । उहाँले भरतपुर नगरपालिका बाट प्रमुख पदका लागि उम्मेदवारी दिनुभएको हो । उहाँले हालसम्म १३३ मत ल्याउनुभएको छ । दाहालका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले १२७, स्वतन्त्र उठ्नुभएका जगन्ननाथ पौडेलले ४१ मत ल्याउनुभएको छ ।
भरतपुर महानगरपालिकाको उपमेयरमा नेपाली काङ्ग्रेसका चित्रसेन अधिकारीले १६३ मतसहित अग्रता लिनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमला गुरुङ्ले ९१ मतसहित अधिकारीलाई पछ्याईरहनु भएको छ ।