Devdaha Tv | खेलकुद
आषाढ १४ | 2022 Jun 28

अष्ट्रेलियाली पूर्व क्रिकेटर एन्ड्रयु साइमण्ड्सको कार दुर्घटनामा निधन

1 month ago
अष्ट्रेलियाली-पूर्व-क्रिकेटर-एन्ड्रयु-साइमण्ड्सको-कार-दुर्घटनामा-निधन

जेष्ठ १ । अस्ट्रेलियाका पूर्व क्रिकेटर एन्ड्रयु साइमण्ड्सको कार दुर्घटनामा परी ४६ वर्षको उमेरमा निधन भएको छ । उनी अष्ट्रेलियाका अलराउन्डर हुन उनले सन् १९९८ देखि २००९ सम्म अस्ट्रेलियाका लागि २६ टेस्ट, १९८ एकदिवसीय र १४ ट्वान्टी–२० खेलेका थिए । एक शक्तिशाली ब्याट्सम्यान, क्यानी बलर र राम्रो फिल्डर, साइमन्ड्स २००६÷०७ मा ५० ओभरको इंग्ल्याण्ड विरुद्ध विश्वकप जित र अस्ट्रेलियाको एशेज जितको हिस्सा थिए । 

बर्मिङ्घममा जन्मिएका र अष्ट्रेलियामा हुर्केका साइमन्ड्सले ग्लुसेस्टरशायर, केन्ट, ल्याङ्कशायर र सरेका लागि बेलायतमा काउन्टी क्रिकेट खेलका थिए । उनले १७ सिजन क्विन्सल्याण्डका लागि र इन्डियन प्रिमियर लिगमा डेक्कन चार्जर्स र मुम्बई इन्डियन्सका लागि पनि खेलेका थिए । 

अष्ट्रेलियाका क्रिकेट अध्यक्ष लाचलान हेन्डरसनले अष्ट्रेलियाको क्रिकेटले आफ्नो सबैभन्दा राम्रो खेलाडी गुमाएको बताउनुभयो ।