Devdaha Tv | अन्तर्राष्ट्रिय
आषाढ १४ | 2022 Jun 28

अमेरिकाभर गर्भपतन अधिकारको समर्थनमा नाराजुलुस

1 month ago
अमेरिकाभर-गर्भपतन-अधिकारको-समर्थनमा-नाराजुलुस

जेष्ठ १ । अमेरिकामा केही समययता गर्भपतन अधिकारका विषयमा विरोध प्रदर्शन हुदै आईरहेको छ । आज अमेरिकाभर गर्भपतन अधिकारको समर्थनमा हजारौं मानिसहरू जुलुसमा सहभागी भएका थिए । सुप्रिम कोर्टको एक लीक कागजात अनुसार अमेरिकी सर्वोच्च अदालतले रो बनाम वेडलाई उल्टाउन तयारी गरीराखेको छ जसले राष्ट्रव्यापी गर्भपतनलाई वैध बनाएको थियो । प्रदर्शनकारीहरुले न्यूयोर्कमो बु्रकिलिन ब्रिज पार गरेर छनोट समर्थक नारा लगाएका थिए त्यस्तै वाशिंगटन डीसीमा प्रदर्शनकारीहरूले सर्वोच्च अदालतमा घेराउ गरेका थिए । लस एन्जलस, बोस्टन र एटलान्टा जस्ता अन्य प्रमुख अमेरिकी सहरहरूमा पनि ¥यालीहरू आयोजना गरिएको बिबिसीले जनाएको छ ।