Devdaha Tv | अन्तर्राष्ट्रिय
आषाढ १४ | 2022 Jun 28

अन्तर्राष्ट्रिय बजारमा गहुँको मूल्य उकालो लाग्यो

1 month ago
अन्तर्राष्ट्रिय-बजारमा-गहुँको-मूल्य-उकालो-लाग्यो

जेष्ठ २ । भारतले मुख्य खाद्यान्न गहुको निर्यातमा प्रतिबन्ध लगाएको छ । निर्यातमा प्रतिबन्ध लगाएपछि अन्तर्राष्ट्रिय बजारमा गहुँको मूल्य उकालो लागेको बिबिसीले जनाएको छ । युक्रेन युद्धले विशाल छलांग निम्त्याएपछि विश्व खाद्यान्नको मूल्य मार्चमा ताजा कीर्तिमानी उचाइमा पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघले अप्रिलमा खाद्यान्नको विश्वव्यापी मूल्यमा थोरै कमी आएको तर गत वर्षको सोही अवधिको तुलनामा झण्डै ३० प्रतिशत बढी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।