जेठ ७ । बुटवल उपमहानगरपालिकाको प्रमुख पदमा ५ दलीय गठबन्धनका खेलराज पाण्डे विजयी हुनुभएको छ । गठबन्धनको तर्फबाट उम्मेद्वार बन्नुभएका नेपाली काँग्रेसका पाण्डेले नेकपा एमालेका बाबुराम भट्टराईलाई फराकिलो मतान्तरले पछि पार्दै जित हासिल गर्नुभएको हो । निर्वाचन अधिकृतको कार्यालय बुटवलका अनुसार पाण्डेले ३० हजार १ सय ३० मत पाप्त गर्नुभयो । पाण्डेका प्रतिस्पर्धी एमालेका बाबुराम भट्टराईले २२ हजार ५ सय ९६ मत प्राप्त गर्नुभयो । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख पदका उम्मेद्वार मृगेन्द्र शेरचनले ४ हजार २ सय ९७ मत प्राप्त गर्नुभएको छ ।
उपप्रमुख पदमा एमालेकी सावित्रा अर्यालले भारी मतान्तरले जित हासिल गर्नुभयो । अर्यालले २४ हजार ९०४ मत प्राप्त गर्दा गठबन्धन दलको तर्फबाट उम्मेद्वार नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले १६ हजार ९ सय ८० मत प्राप्त गर्नुभयो । त्यस्तै राप्रपाको तर्फबाट उपमेयर पदका उम्मेद्वार भगवती पाण्डेले ६ हजार ५ सय २९ मत प्राप्त गर्नुभयो ।