Devdaha Tv | स्थानीय
आषाढ १४ | 2022 Jun 28

देवदह नगरपालिकाका प्रमुख खरेल र उपप्रमुख गुरुङगद्धारा पदभार ग्रहण

1 month ago
देवदह-नगरपालिकाका-प्रमुख-खरेल-र-उपप्रमुख-गुरुङगद्धारा-पदभार-ग्रहण

जेष्ठ ९ । देवदह नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको पदभार ग्रहण सम्पन्न भएको छ । सोमबार देवदहको पाठक फुडल्याण्मा आयोजित सपथ ग्रहण समारोहपछि नगरप्रमुख ध्रुव प्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले देवदह नगरपालिकाको कार्यालयमा तथा १२ वटै वडाका वडा अध्यक्ष तथा सदस्यहरुले सम्बन्धित वडा कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो । नगर प्रमुखको कार्यकक्षमा पदभार ग्रहण गर्दै नगर प्रमुख खरेलले २ वटा विशेष निर्णय गरिएको जानकारी गराउनुभयो । सरकारको निति अनुरुप पूर्ण स्वास्थ्य बिमा युक्त नगरपालिका बनाउनका लागि सबै नगरबासीलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन आह्वान गर्ने निर्णय गरिएको बताउँदै अति बिपन्न, अल्पसंख्यक, बंचितीकरणमा परेका बिभिन्न लक्षित समुह भित्रका नागरिकलाई सहुलियत प्रदान गर्ने निर्णय गरेको बताउनुभयो । सोको लागि प्रथम चरणमा अशक्त नागरिक, स्वास्थ्य संस्थामा कार्यरत महिला स्वास्थ्य स्वयंसेवीका तथा सरसफाई कर्मचारीहरुको निशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरिएको जानाकारी दिनुभयो । नगरप्रमुख खरेलले आँफुले नगरको सुशासन प्रवद्र्धनका लागि प्रत्येक ६र६ महिनामा सार्वजनिक सुनुवाई आयोजना गर्ने घोषणा गर्नुभयो ।


 त्यस्तै वडा नं। ५ का वडा अध्यक्ष गणेश डुम्रेले पदभार ग्रहण गर्दै वडामा पर्ने केरवानी मा। वि। सँगको सहकार्यमा कक्षा ५ सम्मका बालबालिकाको शिक्षा पूर्ण निशुल्क गर्ने गरि वडाले बजेट बिनियोजन गर्ने निर्णय गरिएको बताउनुभयो । नगरका १२ वटै वडाका अध्यक्ष तथा सदस्यहरुको पदस्थापना आजै सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।