Devdaha Tv | स्थानीय
आषाढ १४ | 2022 Jun 28

नगर प्रमुख ध्रुव प्रसाद खरेलद्धारा देवदहका जनप्रतिनिधिहरुलाई सपथ ग्रहण 

1 month ago
नगर-प्रमुख-ध्रुव-प्रसाद-खरेलद्धारा-देवदहका-जनप्रतिनिधिहरुलाई-सपथ-ग्रहण-

जेष्ठ ९ । स्थानीय तह निर्वाचनबाट देवदह नगरपालिकामा निर्वाचित उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यहरुको सपथ ग्रहण सम्पन्न भएको छ । सोमबार देवदहको पाठक फुडल्याण्डमा आयोजित कार्यक्रममा सपथ ग्रहण सम्पन्न भएको हो । कार्यक्रममा नगर प्रमुख ध्रुव प्रसाद खरेलले उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, १२ वटै वडाका अध्यक्ष तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो ।


कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि संघिय सांसद छविलाल विश्वकर्माले जनप्रतिनिधिहरु जुनसुकै दलबाट निर्वाचित भएपनि समग्र देवदह बासीका भएकाले कार्यसम्पादनमा समान भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले देवदहलाई समृद्ध नगर बनाउन यसको बिशेष भू बनोट तथा कृषि, पर्यटन, जंगल लगायतका पक्षमा रहेको सम्भावनालाई मजबुत बनाउन लाग्नुपर्ने धारणा राख्नुभयो । 
नगर प्रमुख धुव्र प्रसाद खरेलले जनप्रतिनिधिहरु जुन पार्टीबाट प्रतिनिधित्व गरे पनी सबैका जनप्रतिनिधि भएकाले मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो । प्रमुख खरेलले सबैको साथ र सहयोगले अघी बढ्ने धारणा राख्दै देवदह बासीले दिएको मत र विश्वासलाई ढल्न नदीने उल्लेख गर्नुभयो । देवदहको समृद्धीका लागी केन्द्रीत हुने र सबैसँग बसेर देवदहको विकाश योजना बनाउन गोष्टी आयोजना गर्ने समेत जानकारी गराउनुभयो । आँफुले भष्ट्राचार नगर्ने र गर्न पनि नदिने प्रतिवद्धता व्यक्त गर्दै देवदहका सम्रग पक्षहरुको समुचित विकाशमा लागी अगाडी बढ्ने उल्लेख गर्नुभयो । 


त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै लुम्बिनी प्रदेशका सांसद डा। कृष्ण प्रसाद न्यौपानेले जनप्रतिनिधिहरुले आँफु दियो बनेर अरुलाई उज्यालो दिनुपर्ने बताउँदै देवदहलाई विश्वमै परिचित गराउने गरि पर्यटन क्षेत्रको बिकास गर्नुपर्ने बताउनुभयो । त्यस्तै लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले सबै कर्मचारीले पन्चसील पालना गर्नुपर्ने बताउदै पहिलाको टिमले गरेको कामबाट सिक्दै त्यसलाई सहज बनाई अगाडी बढ्नुपर्ने बताउनुभयो । लुम्बिनी विकास कोषले देवदह, रामग्राम र कपिलवस्तुलाई एकमुष्ट बिकास गर्नेगरि बृहत्तर योजना अगाडि बढाएको बताउँदै देवदहको समग्र बिकासका लागि सहयोग गर्न सदैव तयार रहेको बताउनुभयो । 


कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पूर्व नगर प्रमुख हिरा बहादुर खत्रीले योजना र बजेटको तालमेल नहुँदा बिकासको सन्दर्भमा भनेजस्तो उपलब्धी हासील गर्न नसकिएको बताउनुभयो । आँफुहरु परिवर्तित व्यवस्थाको सुरुवाती निर्वाचनबाट निर्वाचित भइरहदा धेरै अन्योलहरुका बिचमा पहिलो कार्यकालमा शिक्षा, स्वास्थ्य, कृषि लगायतमा ठोस कामहरु अगाडि बढाइएको बताउँदै दिगो बिकासको लक्ष्यसँग समाहित हुने गरि काम गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । उहाँले देवदहको समग्र बिकासका लागि आफ्नो निरन्तर सकारात्मक सहयोग रहने समेत बताउनुभयो । 


कार्यक्रममा बोल्दै नेपाली कांग्रेस देवदहका सभापति गुनाखर भुर्तेल, राप्रपाका केन्द्रिय सदस्य निलकण्ठ काफ्ले, नेकपा एमाले जिल्ला सदस्य प्रकाश अर्याल, नेकपा माओबादी केन्द्रका जिल्ला सदस्य मोतिलाल ढकाल, निर्वाचन अधिकृत विष्णु प्रसाद आचार्य लगायतले निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम नगरका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलबासेको स्वागत र अधिकृत गंगा प्रसाद पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।