Devdaha Tv | स्थानीय
जेठ २० | 2023 Jun 03
Flash News

७ सय ४४ स्थानीय तहको मतपरीणाम सार्वजनिक : ९ स्थानीय तहको नतिजा आउन अझै बाँकी

1 year ago
७-सय-४४-स्थानीय-तहको-मतपरीणाम-सार्वजनिक-:-९-स्थानीय-तहको-नतिजा-आउन-अझै-बाँकी

जेष्ठ ११ । हालसम्म ७ सय ४४ स्थानीय तहको मतपरीणाम सार्वजनिक भएको छ । ९ स्थानीय तहको नतिजा आउन अझै बाँकी रहेको छ । 

बिहान ११ बजेसम्मको तथ्याङ्कअनुसार देशभर नेपाली काङ्ग्रेसले अत्यधिक स्थानमा जित हासील गरेको छ । नेपाली काङ्ग्रेसले ३ सय २४ स्थानमा प्रमुख पद र २ सय ९७ स्थानमा उपप्रमुख पदमा जित हासिल गरेको छ । 

नेकपा एमालेले देशभर २ सय ३ प्रमुख पद र २ सय ३५ उपप्रमुख पदमा जित हासिल गरेको छ । माओवादी केन्द्रले १ सय २१ स्थानमा प्रमुख पद र १ सय २८ स्थानमा उपप्रमुख पदमा विजय हासिल गरेको छ । 

जसपा नेपालले प्रमुख र उपप्रमुख पदमा क्रमशः ३०÷३१ स्थानमा विजय हासिल गरेको छ । एकीकृत समाजवादीले २० प्रमुख पद र २३ उपप्रमुख पदमा विजय हासील गरेको छ । लोसपाले १६ प्रमुख पद र १२ उपप्रमुख पदमा जित निकालेको छ । 

विवेकशील साझा पार्टीले प्रमुखमा १ र उपप्रमुखमा १ स्थानमा जित प्राप्त गरेको छ । त्यस्तै राप्रपाले मेयरमा र उपमेयरमा ४–४ स्थानमा जित हासिल गरेको छ । 

राष्ट्रिय जनमोर्चाले प्रमुखमा ४ र उपप्रमुखमा ३ पद जित्न सफल भएको छ । त्यस्तैगरी नेमकिपाले प्रमुख र उपप्रमुखमा १÷१ पदमा विजय भएको छ । जनमत पार्टीले २ पद प्रमुख र १ पद उपप्रमुखमा जित जिकाल्न सफल भएको छ । 

जनता प्रगतिशील पार्टी नेपालले पनि १ प्रमुख पद र १ उपप्रमुख पदमा जित हात पारेको छ । त्यस्तै तमलोपाले पनि एक स्थानमा प्रमुख पद १ स्थानमा जितेको छ । नागरीक जनमुक्ति पार्टीले ४ प्रमुख र ३ उपप्रमुख पदमा जित हासिल गरेको छ । 

स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरुले १२ स्थानमा प्रमुख पद र ४ स्थानमा उपप्रमुख पदमा विजय हासिल गरेका छन् ।