Devdaha Tv | राजनीति
आषाढ १४ | 2022 Jun 28

मुलुक कुनैपनि बेला आर्थिक सङ्कटको डिलमा पुग्न सक्छ : विष्णु प्रसाद पौडेल

1 month ago
मुलुक-कुनैपनि-बेला-आर्थिक-सङ्कटको-डिलमा-पुग्न-सक्छ-:-विष्णु-प्रसाद-पौडेल

जेष्ठ १४ । आज सङ्घीय संसदमा यही जेष्ठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७९÷८० को प्रिबजेटमा छलफल भईरहेको छ । छलफलमा बोल्दै नेकपा एमालेका साँसद विष्णु प्रसाद पौडेलले सरकार मुलुकको अर्थतन्त्रप्रति बेखबर भएको बताउनुभएको छ । उहाँले निति तथा कार्यक्रम दिशाहिन, उद्धेश्यहिन र खोक्रो रहेको भन्दै निति तथा कार्यक्रमले सदनको समय बर्वाद गरेको आरोप लगाउनुभयो । 

पौडेलले सङकटग्रस्त अर्थतन्त्रको चाल नपाई निति तथा कार्यक्रम बनाईएको टिप्पणी गर्नुभयो । सरकारले मुलुकलाई कुशलतापूर्वक नेतृत्व र सञ्चालन गर्न सक्ला भन्ने आशा राख्न नसकिण्ने पौडेलले बताउनुभयो । मुलुक आर्थिक हिसावले संकटको स्थितीमा आएको बताउँदै मुलुक कुनैपनि बेला आर्थिक सङ्कटको डिलमा पुग्ने बताउनुभयो । पौडेलले सरकारले अर्थतन्त्रमा कुनै समस्या छैन् भनेर भ्रमपूर्ण तर्क गरेको आरोप लगाउनुभयो ।  

पौडेलले गठबन्धन समृद्ध नेपाल सुखी नेपाल, राष्ट्रिय एकता, तिव्र विकास र नेपाल र नेपालीका हितका लागि क्रियाशील केपी ओलीको सरकारलाई षडयन्त्रमार्फत पदस्थ गरी आएको बताउनुभयो । गठबन्धनले नेपालले प्राप्त गरेको अन्तर्राष्ट्रिय सम्मान र युगान्तकारी परीवर्तनमा सरकारले क्षति पुर्याएको आरोप लगाउनुभयो । गठबन्धनले देश र जनतालाई धोका दिएको भन्दै पौडेलले गठबन्धनका कारण देशमा भयानक स्थिती आउनसक्ने बताउनुभयो । पौडेलले गठबन्धन धोका र षडयन्त्रको प्रतिनिधि भएको आरोप लगाउनुभयो ।