Devdaha Tv | राजनीति
आषाढ १४ | 2022 Jun 28

सरकारी प्रयोजनका लागि अनावश्यक वस्तु आयात गर्नुहुदैन : गगन कुमार थापा  

1 month ago
सरकारी-प्रयोजनका-लागि-अनावश्यक-वस्तु-आयात-गर्नुहुदैन-:-गगन-कुमार-थापा-


जेष्ठ १४ । आज सङ्घीय संसदमा यही जेष्ठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७९÷८० को प्रिबजेटमा छलफल भईरहेको छ । छलफलमा बोल्दै नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले पट्रोल डिजेलको मूल्यमा आम नागरीकहरुलाई पनि छुट दिनुपर्ने बताउनुभयो । उहाँले आम नागरीकलाई पनि महँगीले ढाड सेकेको टिप्पणी गर्दै पेट्रोलियम पदमर्थको मूल्यमा आम नागरीकलाई पनि छुट दिनुपर्ने बताउनुभएको हो । 

थापाले लक्षित अनुपातमा उत्पादकत्व बढ्न नसकेको भन्दै उत्पादकत्व बढाउनुपर्ने तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । सरकारले देशभर विलासी वस्तुहरुको आयातमा प्रतिबन्ध लगाएको बताउदै थापाले सरकारले पनि सरकारी प्रयोजनका लागि अनावश्यक वस्तु आयात गर्न नहुने सुझाव दिनुभयो । उहाँले प्रधानमन्त्रीसमक्ष राष्ट्रिय उत्पादन बढाउनुपर्ने आग्रह गर्नुभयो ।

महामन्त्रीले आयात प्रतिस्थापनले मात्र देशको अर्थतन्त्र चलायमान नहुने भन्दै निर्यातमा जोड दिनुपर्ने बताउनुभयो । थापाले जुत्ता चप्पल लगाएतका वस्तुमा चोरी पैठारी भईरहेको उल्लेख गर्नुभयो । सरकार जवाफदेही नभएको भन्दै सरकार जवाफदेही हुनुपर्ने बताउनुभयो ।  

महामन्त्री थापाले सार्वजनिक यातायात प्रणाली व्यवस्थित गर्न एक्लै सम्भव नभएको बताउँदै सबै मिलेर बनाउनुपर्ने उल्लेख गर्नुभयो । मन्त्री थापाले काठमाण्डौँको विकासमा प्रमुख आवश्यकता फुटपाथ विस्तार पुनस्थापना, सुदृढिकरण  निर्माण आयोजना रहेको उल्लेख गर्नुभयो । उहाँले फुटपाथ विस्तार पुनस्थापना, सुदृढिकरण निर्माण आयोजना भए बल्ल काठमाण्डौँमा बदलमव आउने बताउनुभयो ।