Devdaha Tv | राजनीति
आषाढ १४ | 2022 Jun 28

आफ्नो पक्षमा परीणाम नआएपछि दोषारोपण गर्नु गलत  हो : प्रचण्ड

1 month ago
आफ्नो-पक्षमा-परीणाम-नआएपछि-दोषारोपण-गर्नु-गलत-हो-:-प्रचण्ड

जेष्ठ १४ । आज सङ्घीय संसदमा यही जेष्ठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७९÷८० को प्रिबजेटमा छलफल भईरहेको छ । छलफलमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कृषि क्षेत्र, उत्पादन र उत्पादकत्वमा जोड दिनुपर्ने बताउनुभएको छ । 

प्रचण्डले हाल राजर्नतिक दलहरुबीच आपसी समझदारी र एकता नभएको भन्दै राजनैतिक दलहरुबीच एकता बनाउन र समझदारी विकास गर्न जोड दिनुभयो । प्रचण्डले अर्थतन्त्रका समस्या, दल र अन्तरदलबीच देखिएका समस्या समाधान गर्न राष्ट्रिय सहमति र समझदारीमा जानुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो ।  एकअर्कालाई दोषारोपण गरेर समस्या समाधान नहँुने बताउनुभयो । प्रचण्डले हिजोजस्तै समझदारी र सहमतिले मात्र देशमा देखिएका समस्या समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले परीस्थितिको गम्भीरतालाई गम्भीरताका साथ लिनुपर्ने भन्दै एकआपसमा दोषरोपण गरेकोमा चिन्ता व्यक्त गर्नुभयो । 

प्रचण्डले निर्वाचनमा जनताको उत्साहपूर्ण सहभागिता रहेको भन्दै राजनैतिक दलले कस्ले जित्यो भन्दापनि संघीय गणतन्त्रलाइ संस्थागत गर्दै अगाडी बढीएको छ वा छैन भन्ने विषय महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले संविधानलाई उल्टाउन चाहने तत्वहरुलाइ जनता आफैलेृ जवाफ दिएको बताउनुभयो । उहाँले जनता एकताबद्ध भएको जनाउदै स्थानीय तहको निर्वाचन एकैपटक भएको यो पहिलो पटक भएको उल्लेख गर्नुभयो । 

प्रमुख प्रतिपक्ष दलले निर्वाचन असफल भएको आरोप लगाएको भन्दै प्रचण्डले मतगणना हुँदा आफ्नो पक्षमा परीणाम नआएपछि अर्काेलाई दोषारोपण गर्नु गलत भएको स्पष्ट पार्नुभयो । उहाँले मतगणनामा विलम्ब भयो भन्दैमा सरकारलाई धारे हात लगाउन नमिल्ने बताउनुभयो । उहाँले प्रतिपक्ष दलले देखाएको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । 

प्रचण्डले आफू शान्तिको पक्षमा भएको भन्ँदै सबैको साझा दायित्वले देश विकासमा लाग्दा बल्ल देशको मुहार फेर्न सकिने बताउनुभयो ।