Devdaha Tv | समाचार
आषाढ १४ | 2022 Jun 28

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि

4 weeks ago
नेपालमा-पछिल्लो-२४-घण्टामा-थप-८-जनामा-कोरोना-भाईरस-सङ्क्रमण-पुष्टि

जेष्ठ १४ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ । पिसीआर र एन्टिजेन विधीबाट कुल १ हजार ९ सय ६९ जनामा गरीएको परीक्षणमा थप८ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज थप १५ जना सङ्क्रमित निको भएका छन् । यससँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय १४ पुगेको छ । आज थप १ लाख ४ हजार ५ सय ३४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।