Devdaha Tv | शिक्षा / प्रविधि
आषाढ १४ | 2022 Jun 28

प्याब्सन देवदहद्धारा शिक्षक प्रशिक्षण सम्पन्न

4 weeks ago
प्याब्सन-देवदहद्धारा-शिक्षक-प्रशिक्षण-सम्पन्न

जेठ १४ । निजी विद्यालयहरुको नतिजा राम्रो आउनुमा त्यहाँ कार्यरत शिक्षकहरुको ठुलो भूमिका रहेको देवदह नगरपालिकाका शिक्षा शाखा अधिकृत पुरुषोत्तम ढकालले बताउनु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन) देवदहको आयोजनामा सञ्चालित एक, दुई र तीन कक्षामा अध्यापनरत शिक्षकहरुको लागि प्रदान गरिएको एकीकृत पाठ्यक्रममा आधारित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले उक्त कुरा व्यक्त गर्नु भएको हो ।

कार्यक्रममा प्याब्सन रुपन्देहीका वरिष्ठ उपाध्यक्ष तथा देवदह नगर प्याब्सनका वरिष्ठ सल्लाहकार एक नारायण काफ्लेले बालबालिकाहरुलाई उनीहरुको रुचि अनुसार मायालु वातावरणमा पठनपाठन गराउन सके सिकाइ उपलब्धी राम्रो हाँसिल गर्न सकिने बताउनुभयो ।

त्यसैगरी प्याब्सन रुपन्देहीका सह सचिव एवम् देवदह नगर प्याब्सनका प्रमुख सल्लाहकार बोधराज गौडेलले बदलिंदो परिस्थितिसँगै शिक्षकहरु पनि समयसापेक्ष बन्दै जानु पर्ने र तालिममा सिकेका कुराहरुलाई व्यवहारिकरुपमा कक्षा कोठामा लागू गर्न सक्नु पर्ने वताउनु भयो ।

प्याब्सन देवदहमा आवद्ध ११ वटा विद्यालयका एक सय जना शिक्षकहरुको सहभागिता रहेको उक्त तालिमको सहजीकरण दिनेश कुमार थापाले गर्नु भएको थियो । कार्यक्रम प्याब्सन देवदहका अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षता र सचिव कृष्ण प्रसाद गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।