जेठ १५। पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्क बिहीन भएको छ । आज बिहान ९:५५ बजे पोखराबाट उडेको नाइन एनएइटी ट्वीनअटरको विमान घोडेपानी माथिसम्म पुग्दा सम्पर्कमा रहेको र त्यसपछि सम्पर्क बिहीन भएको पोखरा विमानस्थल स्रोतले जनाएको छ
विमानमा चालक दलसहित १९ जना रहेको बुझिएको छ । विमान सम्पर्क बिहीन भएपछि घोडेपानी भन्दा परको खोंचमा खोजी कार्य भईरहेको पनि विमानस्थलका अधिकारीहरूले बताएका छन् ।