Devdaha Tv | अन्तर्राष्ट्रिय
जेठ २० | 2023 Jun 03
Flash News

उत्तर कोरियाले प्रहार गरेको मिसाइलको जवाफमा दक्षिण कोरिया र अमेरिकाद्धारा मिसाइल प्रक्षेपण

11 months ago
उत्तर-कोरियाले-प्रहार-गरेको-मिसाइलको-जवाफमा-दक्षिण-कोरिया-र-अमेरिकाद्धारा-मिसाइल-प्रक्षेपण

जेष्ठ २३ । उत्तर कोरियाले प्रहार गरेको ब्यालेस्टिक मिसाइलको जवाफमा दक्षिण कोरिया र अमेरिकाले सोमबार आठ मिसाइल प्रक्षेपण गरेका छन् ।
प्योङयाङले आफ्नो क्षेप्यास्त्र परीक्षणलाई निरन्तरता दिइरहेको बेला यस्तो भएको हो । 

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले आफ्नो सरकारले उत्तरी छिमेकीबाट कुनै पनि उक्साहट गरेमा कडा जवाफ दिने बताउनु भएको छ ।

सोमबार उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट धेरै मिसाइलहरू प्रहार गरेको केही घण्टा पछि दुई सहयोगीहरूले आठ सतहबाट सतह आर्मी टेक्टिकल मिसाइल प्रणाली प्रक्षेपण गरेका थिए । जसमा एउटा मिसाईल अमेरिकाको र सात मिसाईल दक्षिण कोरियाको  थियो । यो धेरै हप्तामा अमेरिका र दक्षिण कोरियाबाट दोस्रो प्रतिकारात्मक प्रदर्शन हो ।

उत्तर कोरीयाले हालैका महिनाहरूमा दर्जनौं मिसाइल परीक्षण गरेको छ जसमा पाँच वर्षमा पहिलो पटक अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल पनि समावेश रहेको बिबिसीले उल्लेख गरेको छ । 

संयुक्त राष्ट्रले उत्तर कोरियालाई ब्यालेस्टिक र आणविक हतियार परीक्षण गर्न प्रतिबन्ध लगाएको छ तर उत्तर कोरीयाले भने नयाँनयाँ हतियार परीक्षण गर्दै आईरहेको छ ।