Devdaha Tv | खेलकुद
आषाढ १४ | 2022 Jun 28

यू–१९ आईसीसी महिला टी–२० खेलमा थाईल्याण्ड विजयी

3 weeks ago
यू–१९-आईसीसी-महिला-टी–२०-खेलमा-थाईल्याण्ड-विजयी


जेष्ठ २४ । यू–१९ आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटअन्तर्गत आज मलेसियामा भएको खेलमा नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित भएको छ ।

पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा सात विकेट गुमाउँदै ८९ रन बनायो । बलिङतर्फ नेपालकी कृतिका मरासिनी र मनिषा उपाध्यायले दुई–दुई विकेट लिए ।

थाइल्यान्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपाल एक बल बाँकी हुँदा ४० रनमा अलआउट भयो । नेपालकी श्रृष्टि जोशीले सवाृधिक सात रन बनाइन् भने साना प्रविनले ६, अनु कडायतले पाँच, अञ्जली विश्वकर्मा, मनिषा उपाध्याय र कृतिका मरासिनीले तीन÷तीन रन बनाए ।

थाइल्यान्डले खेल जिती विश्वकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ । आजको हारसँगै नेपालको भने विश्व कपमा छनोट हुने सम्भावना सकिएको छ । तालिकामा नेपालले चार खेलमा दुईमा जित र दुई वटामा हार बेहोरेको छ । 

नेपालले अन्तिम खेलमा पर्सि बिशीबार मलेसियासँग खेल्दैछ । सीरीजको शीर्ष टोली दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिको महिला विश्व कपमा पुग्नेछ ।