Devdaha Tv | राजनीति
आषाढ १४ | 2022 Jun 28

विपद् व्यवस्थापनका लागि पूर्व तयारी : योगेस कुमार भट्टराई

1 week ago
विपद्-व्यवस्थापनका-लागि-पूर्व-तयारी-:-योगेस-कुमार-भट्टराई

आषाढ ३ । साँसद योगेस कुमार भट्टराईले विपद् व्यवस्थापनका लागि पूर्व तयारीमा लाग्न सरकारको ध्यानाकर्षण गराउँनुभएको छ । प्रतिनिधी सभाको बैठकमा बोल्दै भट्टराईले मनसुन सुरु भएको समरण गराउँदै बाढी पहिरो जस्ता विपद् व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारलाई विपद् व्यवस्थापन पूर्व तयारीमा लाग्न ध्यानाकर्षण गराउँदै विपद व्यवस्थापन निकाय तदर्थताका साथ क्रियाशिल हुनुपर्नेमा जोड दिनुभयो । 

साँसद भट्टराईले २०७१ सालमा ताप्लेजुङ्मा बाढीमा परी ५१ ज्नाको मृत्यु र दर्जर्नौँ घर नष्ट भएको स्मरण गराउँदै अघिल्लो सरकारले भुकम्पपिडित सरह राहत दिने प्रतिवद्धता जनाएपनि अहिलेसम्म जनताले सरकारबाट सहुलियत प्राप्त नगरेकाको प्रति सरकारको गम्भीर ध्यानाकर्षण गर्नुभयो । भट्टराईले बिहिबारको भिषण बर्षाका कारण ताप्लेजुङ्मा अवरुद्ध भएका विद्युत, टेलिफोन र सडक, यातायात सूचारु गर्न पनि आग्रह गर्नुभयो ।