Devdaha Tv | राजनीति
आषाढ १४ | 2022 Jun 28

वाईन भनेको एसपीपीको जग : प्रेम सुवाल

1 week ago
वाईन-भनेको-एसपीपीको-जग-:-प्रेम-सुवाल

आषाढ ३ । साँसद प्रेम सुवालले भक्तपुरका भुकम्पपीडीतको दोस्रो र तेस्रो किस्ता रोकिएको प्रति अर्थमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँनुभएको छ । प्रतिनिधीसभाको शुक्रबारको बैठकमा बोल्दै सुवालले यस्तो बताउँनुभएको हो । 

सुवालले एक नेताले सिंहदरबार भष्ट्राचारको अखडा बनेको स्मरण गराउँदै त्यसको सत्यतथ्य छानबिन गर्न माग गर्नुभएको छ । उहाँले प्रधानमन्त्री अमेरिका जाने विषयप्रति गम्भीर हुँदै प्रधानमन्त्रीलाई अमेरीकीहरुले फकाएर, निदाएको बेला र वाईन खुवाएर एपपीपीको समझदारीमा हस्ताक्षर गराउँने पो हुन की भन्दै चिन्ता व्यक्त गर्नुभयो । सुवालले वाईन भनेको एसपीपीको जग रहेको बताउँदै प्रधानमन्त्रीको अमेरिका भ्रमण चिन्ताजनक रहेको बताउँनुभएको छ ।