आषाढ ७ । नेपालभर पछिल्लो २४ घण्टामा थप १९जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।
१ हजार ७ सय ३१ जनामा गरीएको पिसीआर परीक्षणमा १४ जना र १ हजार ८३ जनामा एन्टिजेन विधीबाट गरीएको परीक्षणमा थप १९ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज १० जना सङ्क्रमित निको भएका छन् । यससँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय २४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७३ हजार ३ सय १ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।