आषाढ ८ । हप्ताको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
मङ्गलबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य ४ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन ९६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन हिजो प्रतितोला ९७ हजार २ सयमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । मङ्गलबार १ हजार २ सय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको १० रुपैयाँले घटेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ ।