आषाढ ८ । नेपालमा पछिल्लो २४ घण्टामा एकैपटक ३१ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
१ हजार ५ सय ७५ जनामा पिसीआर परीक्षण गर्दा २८ जना र एन्टिजेन विधीबाट ८ सय ५० जनामा परीक्षण गर्दा ३ गरी कुल ३१ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज १० जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । यससँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ४२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ लाख २ हजार ९ सय ३३ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।