आषाढ ९ । कारोबारको पाँचौँ दिन सुनको मूल्यमा सामान्य वृद्धि आएको छ भने चाँदीको मूल्य भने घटेको छ ।
बुधबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजावी सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।