Devdaha Tv | राजनीति
आषाढ १४ | 2022 Jun 28

आज १ बजे प्रतिनिधी सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दै

5 days ago
आज-१-बजे-प्रतिनिधी-सभा-र-राष्ट्रिय-सभाको-संयुक्त-बैठक-बस्दै

आषाढ ९ । आज प्रतिनिधी सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजेदेखि बस्ने छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउँवाले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन २०७७÷२०७८ पेश गनुहुनेछ । देउँवाले राष्ट्रिय अनुष्ठान प्रतिष्ठान विधेयक २०७६ प्रस्तुत गर्ने तथा लोक सेवा आयोग विधेयक २०७५ विधयेकमा भएको संशोधनमाथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै वन तथा वातावरण मन्त्री रामसहाय  प्रसाद यादवले ग्लोवल ग्रिन ग्रोथ ईन्ष्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्झौता पेश गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारीदिनुभएको छ ।