Devdaha Tv | समाचार
आषाढ १४ | 2022 Jun 28

आजदेखि ५ बर्ष पूरा भई १२ बर्षमुनिका बालबालिकालाई कोभिड १९ विरुद्धको फाईजर खोप दिईने

5 days ago
आजदेखि-५-बर्ष-पूरा-भई-१२-बर्षमुनिका-बालबालिकालाई-कोभिड-१९-विरुद्धको-फाईजर-खोप-दिईने

आषाढ ९ । आजदेखि ५ बर्ष पूरा भई १२ बर्षमुनिका बालबालिकालाई कोभिड १९ विरुद्धको फाईजर खोप दिईने भएको छ । पहिला चरण अन्तर्गत २७ वटा जिल्लामा असार ९ गतेबाट १५ गतेसम्म पहिला मात्रा दिने र श्रावण २ देखि ८ गतेसम्म दोस्रो मात्रा दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले पहिलाृ चरणमा बाँकी रहेका ५० वटा जिल्लामा भदौँ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौँ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा दिने जनाएको छ । लुम्बिनी प्रदेशका नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ, बर्दियामा पहिलो चरणको खोप अभियान सञ्चालन हुँदैछ । 

पहिलो चरणको फाईजर खोप प्रदेश नं. १ का झापा, ईलाम, मोरङ, सुनसरी त्यस्तै मधेस प्रदेशका सप्तरी, सिराहा, पर्सा, धनुषा, महोत्तरी मा सञ्चालन हुनेछ । त्यस्तै बाग्मती प्रदेशका काठमाण्डौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, मकवानपुरमा सत्तचालन हुनेछ । गण्डकी प्रदेशका कास्की नवलपरासी पूर्व तथा कर्णाली प्रदेशमा सुर्खेत जिल्लामा पहिलो चरणको फाईजर खोप दिईने छ । सुदुरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेल्धरामा पहिलो चरणको फाईजर खोप सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।