Devdaha Tv | समाचार
श्रावण २६ | 2022 Aug 11

भोलिदेखि मौसम परिवर्तन हुने

1 month ago
भोलिदेखि-मौसम-परिवर्तन-हुने

आषाढ १३ । हाल देशमा मनसुनी वायुको प्रभाव छ । हाल देशभर सामान्य बदली रहेको छ । देशका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू(भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, मधेस प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मशाशाखाले जनाएको छ ।

मंगलबार देखी मौसम परिवर्तन हुने पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबारदेखि देशका धेरै स्थान हल्की मध्यवर्ती वर्षा भई प्रदेश नं. १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, तराई पहाडी भूभागका र मधेश प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखशले जनाएको छ ।