आषाढ १३ । आज शेयर परीसूचक नेप्से घटेको छ ।
नेप्से आज २३ दशमलव ८५ अंकले घट्दै १ हजार ९ सय ३३ दशमलव १३ स्थानमा झरेको छ । आज २ सय २९ कम्पनीका ५६ लाख ४१ हजार ५ सय ४० कित्ता शेयर २ खर्ब ४ करोड ४८ लाख ३१ हजार ९ सय ४८ मा कारोबार भएको छ ।
आज सबैभन्दम धेरै विकास बैङ्क र बिमा कम्पनीका शेयर ओरालो लागेका छन् । आज जिवन विमा र ईन्भेष्टमेन्ट कम्पनीका बाहेक सबै कम्पनीका शेयर घटेका छन् ।