आषाढ २४ । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि आज बिहान गोली प्रहार भएको छ ।
नोरा शहरमा शुक्रबार सभालाई सम्बोधन गर्ने क्रममा उहाँमाथि गोली प्रहार भएको हो । घटनास्थलमा बन्दुकको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुले जनाएका छन् ।
प्रहरीले आक्रमणकारीलाई पक्राउ गरिसकेको छ । आबेको छातीमा दुई वटा गोली लागेको मिडिया रिपोर्टले जनाएको छ ।
सोही घटनापछि उहाँलाई अस्पताल लगिएको जनाइएको छ । तर उहाँको स्वास्थ्य अवस्थाको विषयमा भने अहिलेसम्म केही थाहा हुन सकेको छैन् ।
६७ वर्षीय पूर्वप्रधानमन्त्री आबे लिबरल डेमोक्रेटिक पार्टी एलडीपी पार्टीका हुनुहुन्छ । उहाँ सन् २००६–०७ मा प्रधानमन्त्री हुनुभएको थियो । घटनाको थप अनुसन्धान भईरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।