आषाढ २४ । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको आज मृत्यु भएको छ
नोरा शहरमा शुक्रबार सभालाई सम्बोधन गर्ने क्रममा उहाँमाथि गोली प्रहार भएको थियो । घटनास्थलमा बन्दुकको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुले जनाएका छन् ।
प्रहरीले आक्रमणकारीलाई पक्राउ गरिसकेको छ । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई गोली हान्ने व्यक्ति पत्रकारको भेषमा कार्यक्रमस्थल पुगेको खुलासा भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले क्यामराजस्तै देखिने विशेष बन्दुकको डिजाइनसमेत गरेका थिए । उनले १०० देखि १५० मिटर मात्रको दूरीबाट सिन्जोमाथि गोली प्रहार गरेको बताइएको छ ।
आबेको छातीमा दुईवटा गोली लागेको थियो , आबेको उपचारका क्रममा र्मत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
६७ वर्षीय पूर्वप्रधानमन्त्री आबे लिबरल डेमोक्रेटिक पार्टी एलडीपी पार्टीका हुनुहुन्छ । उहाँ सन् २००६–०७ मा प्रधानमन्त्री हुनुभएको थियो । घटनाको थप अनुसन्धान भईरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।