Devdaha Tv | खेलकुद
आश्विन १८ | 2022 Oct 04
Flash News

नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको समूह विभाजन

2 months ago
नेपालमा-आयोजना-हुने-महिला-साफ-च्याम्पियनसिप-फुटबलको-समूह-विभाजन

श्रावण १४ । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको समूह विभाजन भएको छ । 

शनिवार दक्षिण एसियाली फुटबल महासंघ साफले समूह विभाजन भएको सार्वजनिक गरेको हो । साफले च्याम्पियनसिपमा सहभागिता जनाउने ७ टोलीलाई ए र बि गरी दुई समूहमा विभाजन गरेको छ । 

सहज समूह अर्थात समूह बीमा परेको नेपालको समूहमा श्रीलंका र भुटान रहेका छन् । समूह ए मा भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेका छन् । 

नेपालको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । साफको लागि नेपालले बन्द प्रशिक्षण सुरु गरिसकेको छ ।