Devdaha Tv | अन्तर्राष्ट्रिय
जेठ २० | 2023 Jun 03
Flash News

बलिउडका चर्चित कलाकार मिथिलेस चतुर्वेदीको मृत्यु

9 months ago
बलिउडका-चर्चित-कलाकार-मिथिलेस-चतुर्वेदीको-मृत्यु

श्रावण १९ । भारतीय बलिउडका चर्चित कलाकार मिथिलेस चतुर्वेदीको मृत्यु भएको छ । 

हृदयघातका कारण चतुर्वेदीको हिजो साझ ६८ बर्षको उमेरमा भारतको लखनउमा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

हृदयघात आएपश्चात चतुर्वेदीलाई उपचारका लागि गृहनगर लगिएको भएपनि उनको ज्यान जोगिन सकेन् । 

सन् १९५४ अक्टोबर १५ मा जन्मिएर बलिउड र वेव सिरीजहरुमा उत्कृष्ट अभिनय गरेका चतुर्वेदीले कोई मिल गया, गदरः एक प्रेम कथा, सत्या, अशोका, ताल, बन्टी और बबली, क्रिस, रेडी जस्ता चर्चित फिल्महरुमा अभिनय गरीसकेका छन् । 

उनको मृत्युले बलिउड स्तब्ध भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।