Devdaha Tv | समाचार
आश्विन १८ | 2022 Oct 04
Flash News

एकैपटक १ हजार ९० जनामा कोरोना भाईरस संक्रमण पुष्टि : २ जनाको मृत्यु

1 month ago
एकैपटक-१-हजार-९०-जनामा-कोरोना-भाईरस-संक्रमण-पुष्टि-:-२-जनाको-मृत्यु

श्रावण २४ । नेपालमा पछिल्लो २४ जनामा एकैपटक १ हजार ९० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

पिसीआर विधीबाट २ हजार ९ सय ५८ जनामा परीक्षण गर्दा ५ सय ६० जना र एन्टिजेन विधीबाट ३ हजार ३ सय ४२ जनामा कोरोना परीक्षण गर्दा ५ सय ३० गरी कुल १ हजार ९० जनामा कोरोना भाईरस संक्रमणका नयाँ बिरामी थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४ सय ३८ जना संक्रमणमुक्त भएका छन् भने १ लाख ७१ हजार ८ सय ३७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यससँगै सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।