Devdaha Tv | समाचार
आश्विन १८ | 2022 Oct 04
Flash News

आज अधिकांश स्थानमा वर्षाको सम्भावना 

1 month ago
आज-अधिकांश-स्थानमा-वर्षाको-सम्भावना-

श्रावण २५ । देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै आज प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र देशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।