Devdaha Tv | समाचार
आश्विन १८ | 2022 Oct 04
Flash News

८६८ जना कोरोनाका नयाँ संक्रमित ३ जनाको मृत्यु

1 month ago
८६८-जना-कोरोनाका-नयाँ-संक्रमित-३-जनाको-मृत्यु

श्रावण २५ । नेपालमा पछिल्लो २४ जनामा ८ सय ६८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ ।

पिसीआर विधीबाट ३ हजार ६ सय १४ जनामा परीक्षण गर्दा ४ सय ९६ जना र एन्टिजेन विधीबाट ३ हजार ९१ जनामा कोरोना परीक्षण गर्दा ३ सय ७२ जना गरी कुल ८ सय ६६ जनामा कोरोना भाईरस संक्रमणका नयाँ बिरामी थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४ सय १४ जना संक्रमणमुक्त भएका छन् भने १ लाख ३८ हजार ८ सय ४० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यससँगै सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।