Devdaha Tv | समाचार
आश्विन १८ | 2022 Oct 04
Flash News

कस्तो रहनेछ आजको मौसम हेर्नुहोस्

1 month ago
कस्तो-रहनेछ-आजको-मौसम-हेर्नुहोस्

श्रावण २६ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । थ्यस्तै वाग्मती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही  स्थानहरुमा र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।