Devdaha Tv | अर्थ बजार
आश्विन १८ | 2022 Oct 04
Flash News

एकैपटक ५ सयले घट्यो सुनको मूल्य

1 month ago
एकैपटक-५-सयले-घट्यो-सुनको-मूल्य

श्रावण २६ । कारोबारको पाँचौंँ दिन आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

हिजो ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज तेजावी सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजो तेृजावी सुन प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको मुलय पनि घटेको छ । चाँदी आज ५ रुपैयाँले घटेर १ हजार २ सय २५ रुपैयाँमा कारोबार भईरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।