भाद्र १५ । नेपाली सेनाले लिगलिगकोट–सिरानचोक–गोरखा दरबार म्याराथन दौड प्रतियोगिता गर्ने भएको छ । नेपाली सेनाको संयोजकत्वमा गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका तथा सिरानचोक गाउँपालिकाको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको नेपाली सेनाले जनाएको छ ।
क्यूआर कोडमार्फत अनलाईन रजिष्ट्रेशन गरी तथा रिपुमर्दन गण, गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकामा फर्म खरिद गरी नाम दर्ता गर्न सकिनेछ । आउँदो भाद्र २५ गते हुने उक्त प्रतियोगितामा यही भाद्र ३ गतेसम्म ५ सय रुपैयाँ शुल्क तिरेर नाम दर्ता गर्न सकिने नेपाली सेनाले जनाएको छ ।
प्रतियोगिता भाद्र २५ गते ६ बजे लिगलिगकोटमा हुनेछ । प्रतियोगिताको रुट लिगलिगकोट–आँपपिपल, भञ्ज्याङ्–चित्रेपोखरी–छोप्राक–चोरकोटे–छेवेटार–पस्लाङग, ठूलो आँगन हुँदै गोरखा दरबार गरी कुल ४० किलोमिटरको हुँने नेपाली सेनाले जनाएको छ ।